रवि लामिछाने गृहमन्त्री बन्ने पक्का, रास्वपाले पायाे यी चार मन्त्रालय

रवि लामिछाने गृहमन्त्री बन्ने पक्का, रास्वपाले पायाे यी चार मन्त्रालय

केन्द्रबिन्दु
1.6k
Shares

नयाँ सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाएकाे छ ।

बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित शिक्षा, श्रम र खेलकुद मन्त्रालय दिने निर्णय भएको हो । बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने सम्भावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ ।

अब रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । साथै डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् । उनले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने तयारी गरेकाे छ ।

Logo