इलाम -२ उपनिर्वाचनः एमालेले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने

इलाम -२ उपनिर्वाचनः एमालेले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने

केन्द्रबिन्दु
98
Shares

विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ ।

आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ ।

बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन् ।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्ने पार्टीले जनाएको छ । त्यसपछि चैत ३ सम्म कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ भने जिल्ला कमिटीले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने जनाइएको छ ।

उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्नुपर्ने भनिएको छ ।

पार्टीले उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्ड निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा योगदानलगायत मापदण्ड लागि तय गरिएको छ ।

उपनिर्वाचनमा उम्मेदवार बन्न दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई नाम चर्चामा छ ।

Logo