सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही बर्खास्त

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही बर्खास्त

केन्द्रबिन्दु
98
Shares

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई पनि बर्खास्त गरेका छन्।

बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरेका हुन्।

मन्त्रिपरिषद्को हेरफेर र कार्याविभाजन गर्दै मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले प्रेषित पत्रमा उल्लेख छ। यसअघि मन्त्री शाहले माओवादीको २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खात गरिसकेका छन्।

Logo