कांग्रेसले भन्यो- ‘प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गर्याे’

कांग्रेसले भन्यो- ‘प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गर्याे’

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ।

आज संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन्।

उनले भने, ‘गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरूप नै अघि बढिरहेका थियौँ। तर ‘प्रचण्ड’ले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो।’

आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए।

Logo