सरकारलाई कमजोर र असफल हुने छुट छैनः महेश बर्तौला

सरकारलाई कमजोर र असफल हुने छुट छैनः महेश बर्तौला

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन। जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन। त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ। विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ। यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन। जनताको हितमा काम गर्ने सामथ्र्य राख्नुपर्छ।’

Logo