प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्ः सांसद खतिवडा

प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्ः सांसद खतिवडा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका हुन्।

उनले भने,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ। काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार हुनुहुन्छ भने। फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

उनले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर सहकारी पीडितहरुले, सरकारी ठगहरुले, मिटरब्याजीपीडितले न्याय पाउन भन्ने शुभकामना दिए।

Logo