गठबन्धन टुट्नु खुसी भन्दा पनि आर्शिवाद हाेः नेता कोइराला

गठबन्धन टुट्नु खुसी भन्दा पनि आर्शिवाद हाेः नेता कोइराला

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताएका हुन्।

उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए। कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो। उनले भने,‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो। प्रचण्ड र ओलीज्यू उहाँहरुले पहिला गठबन्धन गर्नुभयो। फेरि हामीतर्फ आउनुभयो। मलाई लाग्छ यो एउटा बरदान हो। अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ। प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ। गठबन्धन टुटेकोमा म खुसी मात्र छैन, कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ। मेरा लागि यो लुकेको एउटा खुसी चाँही हो।’

उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए। उनले भने,‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन्। विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ। हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन्।’

Logo