कानूनले डर देखाउने होइन, सहजीकरण गर्ने होः मुख्यमन्त्री कार्की

कानूनले डर देखाउने होइन, सहजीकरण गर्ने होः मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
42
Shares

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानूनले सर्वसाधारणलाई बाटो देखाउनुपर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको टिप्पणी गरेका छन्।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानूनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन्।

‘कानून अपरिवर्तनीय होइन,समय आवश्यकता अनुसार परिवर्तन हुन्छ, उनले भने, कानून शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ।’ प्रदेशमा अहिलेसम्ममा छजना मुख्य न्यायाधिवक्ता उत्पादन भइसकेको तर आफू पदमा हुँदा त्यही कानून ठिक र पदबाट हटेपछि त्यही कानून गलत भएको भन्दै अदालतमा वहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरे।

उनले आफू सरकारमा रहुञ्जेल संविधानको अक्षरसः पालना गर्ने प्रतिवद्धता जनाए। सहिदको रगतले लेखिएको संविधानविपरीत सरकारको कुनै पनि काम नगर्ने उनले सुनाए। उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए।

Logo