संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र

संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको छ। पार्टीको महाधिवेशनको तयारीमा रहेको जसपाले सदस्यहरुको विवरण पठाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएको हो।

फागुन २३ र २४ गते बसेको पार्टीको बैठकको निणर्यबमोजिम भन्दै केन्द्रीय कार्यालयले बिहीबार परिपत्र गरेको छ। विभिन्न पार्टी समिति तथा सङ्गठनहरुबाट सङ्गठित पार्टी सदस्य वितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निणर्य गरेको हो।

उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने व्यहोरा समेत जानकारी गराइएको छ। सदस्यहरुको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ।

Logo