स्याउ खेतीका लागि महासचिव ‘विप्लव’ जुम्लामा

स्याउ खेतीका लागि महासचिव ‘विप्लव’ जुम्लामा

केन्द्रबिन्दु
70
Shares

जुम्ला। हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला पुगेका छ ।

महासचिव ‘विप्लव’ले सामूहिक स्याउखेतीका लागि बिरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए। पार्टीको निर्णयअनुसार सामूहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ। नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ।

पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव ‘विप्लव’ले बताए।

Logo