भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दाउमा प्रधानमन्त्री प्रचण्ड

भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दाउमा प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै वन्धुलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा जुटेका छन् ।

सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमाले सहितका दलहरुलाई सहमत गराएको माओवादी केन्द्र सम्बध्द समाचार सूत्रले बताएको छ । प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको विश्वस्त सूत्रकाे भनाई छ ।

नारायण प्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनित भएका थिए । यसअघि चितवन निवासी नारायण दाहाललाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

राष्ट्रिय सभालाई विज्ञहरुको सभा भनिएपनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रुपमा विकास गर्दै आएका छन् ।

सांसद दाहाल प्रधानमन्त्रीका साख्यै भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन् । विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ता बाहिर रहन दिएका थिएनन् । यसपटक भने उनलाई संसदको माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उदेश्य प्रधानमन्त्रीको रहेको बताइएको छ ।

सांसद दाहालले आफू छ वर्षे अवधिको सांसद भएको बताउँदै अब चार वर्ष कार्यकाल बाँकी नै रहेको बताए । राष्ट्रिय सभाका तीन सदस्य मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान रहेको छ । तीमध्ये एक स्थान अहिले खाली रहेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल मन्त्री परिषदको सिफारिसमा मनोनित गर्ने प्रावधान छ ।

Logo