कर्णालीमा औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक छः मुख्यमन्त्री शर्मा

कर्णालीमा औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक छः मुख्यमन्त्री शर्मा

केन्द्रबिन्दु
56
Shares

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताएका छन्।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को साेमबार समापन कार्यक्रममा मुख्यमन्त्री शर्माले औद्योगिक क्षेत्रको विकासबिना कर्णालीमा आर्थिक समृद्धि हुन नसक्ने बताएका हुन्। उनले तेस्रो कर्णाली एक्स्पोले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए।

“कर्णालीमा विकासका लागि सहकार्य आवश्यक छ,” मुख्यमन्त्री शर्माले भने। “हामी सबै सरोकारवालाको सहकार्यमा मात्र कर्णाली माथि उठ्छ। यसका लागि सबैमा सामूहिक भावना र सकारात्मक सोच आवश्यक छ।”

ठूला खालका प्रदर्शनी गर्न सक्ने गरी कर्णाली सरकारले संरचना तयार गर्ने कार्यलाई पनि अगाडि बढाउने उनको भनाइ थियो। यही फागुन १५ गतेदेखि सञ्चालन भएको सो एक्स्पोमा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ।

Logo