सत्तासाझेदार दलबीच सातबुँदे सहमति

सत्तासाझेदार दलबीच सातबुँदे सहमति

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। सत्तासाझेदार दलबीच नयाँ सहमति भएको छ। फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ।

फागुन २१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन्। नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ। चार दलबीच भएको सहमतिको सातौँ बुँदामा भनिएको थियो, “यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने।” सात बुँदे सहमतिमा अरू पुरानै बुँदा छन्।

Logo