गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने सांसद शर्माको दाबी

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने सांसद शर्माको दाबी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारूढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारूढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन्।

उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ती सबै संकट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताए। उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्ने पनि बताए।

Logo