राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

केन्द्रबिन्दु
224
Shares

राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्।

राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी हुन् ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो ।

राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा जम्मा ५६ भोट खसेको थियो। जसमध्ये दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियाे। माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरेका हुन्, भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाकाे एक गरी १७ मत ल्याएका हुन्। एक सांसद तटस्थ बसेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरे ।

Logo