कांग्रेस प्रवक्ता महत भन्छन्- अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए

कांग्रेस प्रवक्ता महत भन्छन्- अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् ।

कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअर्थमन्त्री महतले प्रचण्डले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेत लत्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौं । प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीनपटक सत्ता सहकार्य फेरेको भन्दै महतले याे प्रचण्डको प्रवृति भएको उल्लेख गरे ।

Logo