राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले लिए शपथ

केन्द्रबिन्दु
196
Shares

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् ।

आज भएको राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा माओवादी केन्द्रका सांसद दाहाल निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। सभाको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी हुन् । त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो ।

Logo