कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरियो -शेखर कोइराला

कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरियो -शेखर कोइराला

केन्द्रबिन्दु
238
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरेको बताएका छन् । विराटनगरमा आज गुराँस पुस्तकालयको ५४औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसका अन्य नेताहरुले कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने कुरा गरे पनि आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको नेता कोइरालाले दाबी गरे । प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा कांग्रेसले हुन नदिएको आरोप लगाएका थिए । राजनीतिमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको भन्दै कोइरालाले अहिले सुदृढ लोकतन्त्रको अभावमा अनेक विकृति र विसंगति देखिएको बताए ।

अबका दिनमा कांग्रेसले प्रभावशाली प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

नेता कोइरालाले वर्तमान संविधानमा रहेको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाका कारण यस्तै गठबन्धन बनिरहने र भत्किरहने नियति भोग्नुपर्ने टिप्पणीसमेत गरे ।

कार्यक्रमका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

Logo