राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। राष्ट्रिय सभा बैठक बस्दैछ। आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ।

साथै आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ।

Logo