कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपाली कांग्रेले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ। बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेतृत्वको छलफलले उक्त निष्कर्ष निकालेको हो।

सभापति निवासमा उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए।

छलफलपछि महामन्त्री गगन कुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।

Logo