संसदमा आफ्नो पार्टीको नेम प्लेट फालिएको जसपाको गुनासो

संसदमा आफ्नो पार्टीको नेम प्लेट फालिएको जसपाको गुनासो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। प्रतिनिधिसभाको बेठकमा आफ्नो पार्टीको नेम प्लेट तल (भुईं)मा फालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सभामुख र संसद सचिवालयको ध्यानाकर्षण गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले यस्तो गुनासो गरेका हुन्।

प्रतिनिधिसभाको बैठक कक्षमा दलहरुको आसनका अगाडि नेम प्लेड राखिएको हुन्छ। त्यही नेम प्लेटलाई सांसद यादवले बोर्ड भनेका हुन्।

‘जनता समाजवादी पार्टी देशको राष्ट्रिय पार्टी हो। यो संसदमा संख्या कम भएता पनि मानसम्मान हुनुपर्छ,’ उनले थपे, ‘म यो बोर्ड (जसपाको बोर्ड) हेरिरहेको छु। जनता समाजवादी पार्टीको बोर्ड तल फालिएको छ। यसमा संसद सचिवालयको ध्यान पुगेको छैन। यसकारण संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

Logo