परराष्ट्रमन्त्री श्रेष्ठसँग पाकिस्तानका राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठसँग पाकिस्तानका राजदूतको भेटवार्ता

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हाश्मीले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूले शिष्टाचार भेटवार्ता गरेका हुन्।

त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री श्रेष्ठले आजै नर्वेका लागि नेपाली राजदूत तोरुण द्रमदलसँग भेटवार्ता गरेका थिए।

Logo