राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवनमा बैठक बिहान ११ बजे बोलाइएको छ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।

अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

साथै, आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Logo