गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्।

गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई आयोगको प्रतिवेदन बुझाएका हुन्। यसअघि जाँचबुझ आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन्।

Logo