सुन तस्करी प्रकरणः पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

केन्द्रबिन्दु
42
Shares

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

बिहीबार सरकारलाई बुझाएकाे प्रतिवेदनमा आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हाे । यसअघि महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

गत असोज १५ गते गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले साढे पाँच महिना लगाएर प्रतिवेदन बुझाएको थियाे । आयोगले विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा राखी सुन तस्करी भएको मुद्दामा ३३ प्रतिवादीको पुनः बयान लिने, केन्द्रीय अनुसन्धान ब्युरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानका क्रममा थप १४ जनासँग सोधपुछ गरेको थियो ।

प्रतिवेदन बुझेसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिएका छन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उत्त प्रतिवेदन बुझाएका थिए । साे क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न निर्देशन दिएका थिए ।

Logo