नारायण दाहालको राजीनामा स्वीकृत

नारायण दाहालको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
574
Shares

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठकले विधानलाई सम्पादनसहित अन्तिम रुप दिएको छ ।

माओवादीको आज बसेको बैठकले विधान अधिवेशनबाट आएका सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिएको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘विधान अधिवेशनले पहिलै पास गरेको थियो । अहिले हामीले त्यसलाई व्यापक रुपमा समृद्ध बनाउन सम्पादन गर्नका लागि छलफल गरेका छौं । छलफलले त्यो परिपूर्ण, समृद्ध भएको छ । आज त्यो सम्पादनसहित फाइनल भएको छ ।’

यस्तै, उनले राष्ट्रिय सभाका अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यबाट दिएको राजीनामा पनि यही बैठकबाट स्वीकृत भएको बताए ।

Logo