पदमा जति दिन हुन्छु डटेर काम गर्छु, दबाबमा पर्दिँन -गृहमन्त्री लामिछाने

पदमा जति दिन हुन्छु डटेर काम गर्छु, दबाबमा पर्दिँन -गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
56
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कसैको दबाबमा नपरी आफ्नो काममा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्न नपाएका गृहमन्त्री लामिछानेले बाहिर सञ्चारकर्मीसँग आफू कति दिन गृहमन्त्री हुने थाहा नभए पनि डटेर काम गरिराख्ने बताएका हुन् । मलाई यो शक्ति नेपाली जनताले दिएको र जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको उनको भनाई छ । उनले भने, ‘कतिदिन हुन्छु मलाई थाहा छैन। जतिदिन हुन्छु डटेर, नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु।’ उनले सुन प्रकरणको अनुसन्धानमा प्रभाव हुन नदिने पनि बताएका छन्।

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको र उसलाई सदनमै जवाफ दिने उनले बताए । ‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु,’ उनले भने, ‘सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन्छु । कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत हुन नदिने भन्नेजस्तो चिजलाई निरन्तरता दिने छैन भन्ने मलाई विश्वास छ ।’

Logo