नेसपाको महिन्द्र यादवपक्ष माओवादीमा समाहित हुने

नेसपाको महिन्द्र यादवपक्ष माओवादीमा समाहित हुने

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवबीच पार्टी एकता गर्ने चार बुँदे सहमती भएको हाे।

सहमती पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो।

सहमतीमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णयसँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ।

यी हुन् पार्टी एकता गर्ने चार बुँदे सहमती

१. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो।

२. बैठकले दुवै पार्टीकाबीचमा पार्टी एकता गर्ने सहमति गरेको छ।

३. एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।

४. पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ।

Logo