अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेता आजदेखि चार दिने तराई यात्रामा

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेता आजदेखि चार दिने तराई यात्रामा

केन्द्रबिन्दु
14
Shares

काठमाडौं। चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन्। सोमबारदेखि बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको राप्रपाले जनाएकाे छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्ष रहनेछन्।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा आरम्भ गर्ने राप्रपाका नेताहरू सोमबार धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।

Logo