कृष्णबहादुर महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

कृष्णबहादुर महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोप्रति सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।

‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो। सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन्। त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन,’ उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो। आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ।’

सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए।

Logo