गृहमन्त्री लामिछानेलक्षित गगनकाे कटाक्ष- ‘सहकारी ठगीमा मुछिएकै व्यक्तिले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ?’

गृहमन्त्री लामिछानेलक्षित गगनकाे कटाक्ष- ‘सहकारी ठगीमा मुछिएकै व्यक्तिले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ?’

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले विभिन्न सहकारीमा हजारौं मान्छेहरूको अर्बौं रुपैयाँ अपचलन भएको भन्दै अनुसन्धानको विषय बन्छ कि बन्दैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले त्यस्तो अपचलनमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको भन्दै अनुसन्धानको माग गरेका हुन्। ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ? यसको विश्वास हामीले कसरी गर्ने हो?’, थापाले भने।

‘जो मुछिएको छ। ऊ आफैंले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने? त्यसैले प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। ओठे जवाफ होइन। जिम्मेवारीबोधका साथ जवाफ चाहियो’, थापाले थपे।

Logo