राष्ट्रिय सभाः प्रतिनिधिसभा सदस्य मञ्जु शर्माको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाः प्रतिनिधिसभा सदस्य मञ्जु शर्माको निधनमा शोक प्रस्ताव पारित

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरेका हुन्।

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो। बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो।

अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन्। उनको उपचारका क्रममा आइतबार निधन भएको थियो। राष्ट्रिय सभाको अर्काे बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

Logo