माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउबारे छलफल

माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउबारे छलफल

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल भएको छ। आज बिहान बालुवाटारमा बसेको बैठकमा महराको विषयमा व्यापक छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे सुरुमा व्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुले आ-आफ्नो धारणा राखेका छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई प्रहरीले निगरानीमा राखेको महसुस भइरहेको थियो। सुन तस्करीमा छोरा राहुल पूर्पक्षका लागि थुनामा परेपछि आफू पनि पक्राउ परिने भयले उनी बेचैन थिए। विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा जोडिएपछि राहुल पक्राउ परेका थिए। त्यसपछि भयभित महरालाई प्रहरीले निगरानीमा राखेको थियो।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ। यसै विषयमा थप अनुसन्धान अघि बढ्ने जनाइएको छ। आरोपित महरा अस्पतालमा भर्ना भए पनि अनुसन्धानको पाटो जारी छ।

Logo