निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेकाे बजेटका प्राथमिकतालाई निरन्तरता दिनुपर्छः सांसद कार्की

निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेकाे बजेटका प्राथमिकतालाई निरन्तरता दिनुपर्छः सांसद कार्की

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेकाे बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

उनले निवर्तमान अर्थमन्त्रीले पेस गरेकाे आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको छ भने । ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताए ।

अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उनले बताए । पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग-यो । उक्त विधेयक माथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

Logo