बजेट अर्थ मन्त्रालयको नियन्त्रणमा मात्रै हुनु हुँदैनः सांसद ज्वाला

बजेट अर्थ मन्त्रालयको नियन्त्रणमा मात्रै हुनु हुँदैनः सांसद ज्वाला

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थमन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राखेका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उनले बजेट जनतामा उत्साह भर्न सक्ने, अर्थतन्त्रलाई माथि उठाउने, मुलुकको समृद्धि गर्ने खालको र वर्तमान चूनौतीलाई सामना गर्ने खालको हुनुपर्नेमा जोड दिएका हुन् ।

बजेट निर्माण प्रक्रिया पारदर्शी हुनपर्ने, ब्यापक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, “बजेट निर्माण प्रक्रियामा सांसदहरुलाई विश्वास गर्नुस, योजना निर्माणमा पनि सांसदका सुझावलाई ग्रहण गर्नुस् ।”

बजेटमा अर्थमन्त्रालयको नियन्त्रण हुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको र जनताको आवश्यकताका आधारमा बजेटको प्राथमिकता गरी नयाँ आयोजना छनोट गर्दा उत्पादकत्व, जनतालाई लाभ दिने खालको हुनुपर्ने उनको भनाइ थियो ।

Logo