चूडामणि पौडेल सचिवमा बढुवा

चूडामणि पौडेल सचिवमा बढुवा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरेकाे हाे।

निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ।’

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन्।

Logo