माओवादी केन्द्रले स्थगित गर्‍यो जागरण अभियान

माओवादी केन्द्रले स्थगित गर्‍यो जागरण अभियान

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ। पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैठकले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको हाे।

‘पार्टीको पूर्व निर्धारित तराई-मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल-पहाड-तराई-मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण हाललाई स्थगित गरिएको छ’, जारी सर्कुलरमा भनिएको छ ।

तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड-तराई-मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो।

Logo