सीआईबीलाई बयान दिँदा भक्कानिए महरा

सीआईबीलाई बयान दिँदा भक्कानिए महरा

केन्द्रबिन्दु
266
Shares

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान लिएर सकिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत महरा लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । बयानको क्रममा उनी नखाएको विष लाग्यो भन्दै अनुसन्धान अधिकृतहरुसँग भक्कानिएका थिए । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ। त्यसबेला सिआइबीले महरासँग बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पूर्पक्षमा थुनामा छन्।

Logo