काठमाडौँ। संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार आज मध्यान्ह्र १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।
यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्य योजनाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया