पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

केन्द्रबिन्दु
224
Shares

काठमाडाैं । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको शुक्रबार पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

कार्की नेतृत्व आयोगलाई अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएकाे छ ।

यसअघि पटक-पटक आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूसँग सरकारले २९ फागुनमा चार बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामै समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ। गृहमन्त्रालयले त्यही बमोजिम जाँचबुझ आयोग गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो।

Logo