कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैनः मुख्यमन्त्री कार्की

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैनः मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
126
Shares

बेलबारी (मोरङ)। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन्।

नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन्।

“पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उहाँको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उनले भने, “त्यसैले पूर्वमुख्यमन्त्रीले दिनुभएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु।”

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए। “संविधानअनुसार बनेको सरकार हो। सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन”, उनले भने, “त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन।”

Logo