जिबी राईलाई जहाँ पुगेपनि समात्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

जिबी राईलाई जहाँ पुगेपनि समात्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

केन्द्रबिन्दु
84
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका वचतकर्ताको रकम हिनामिना प्रकरणमा फरार रहेका जिबी राईलाई जहाँ पुगेपनि समात्ने बताएका छन् ।

शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राईलाई आकाश, पाताल जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याजसहित फिर्ता नगराउँदासम्म आफूले राजनीतिबाट विश्राम नलिने पनि उनले दाबी गरे ।

रविले राजनीति सुरु गर्नुअघि प्रबन्ध निर्देशकको रुपमा काम गरेका ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राईलाई अहिले प्रहरीले खोजी गरिरहेको छ । उनीविरूद्ध ड्फ्यिुजन नोटिस जारी भएको छ। राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड रुपैयाँ बढी रकम ठगी गरेको आरोप छ । सहकारीका पदाधिकारी तथा पूर्वसञ्चालकविरुद्ध १ हजार ३६ जनाले जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका छन् । त्यस आधारमा जिल्ला अदालत, कास्कीमा दर्ता भएको ठगी मुद्दा विचाराधीन छ । पीडितहरू सडकमा हारगुहार गरिरहेका छन्। यसको फाइल खोल्नुपर्ने दायित्व पनि रवि लामिछानेकै काँधमा आइपुगेको छ।

Logo