उपनिर्वाचनका लागि १० करोड बजेट स्वीकृत

उपनिर्वाचनका लागि १० करोड बजेट स्वीकृत

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई १० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिए। उनले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताए। प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताए।

इलाम–२ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्यको निर्वाचन वैशाख १५ गते हुँदैछ। निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुनेछ। आयोगले चैत दोस्रो साता नै उपनिर्वाचनका लागि दुवै क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गर्नेछ। चैत २२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

त्यसअघि निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापनका लागि खर्चको अख्तियारी पठाइने प्रवक्ता पौडेलले बताए। इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

Logo