पटक-पटक प्रदेश सरकार बन्नु र ढल्नु स्थायित्वका लागि बेठीक हाेः शेखर कोइराला

पटक-पटक प्रदेश सरकार बन्नु र ढल्नु स्थायित्वका लागि बेठीक हाेः शेखर कोइराला

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पटक-पटक प्रदेश सरकार बनाउने र ढाल्ने काम गर्नु विकास र संघीयताको स्थायित्वका लागि ठीक नभएको बताएका छन् ।

उनले हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको उल्लेख गरेका हुन्। साथै अहिलेको गठबन्धनले सबै प्रदेशहरूमा सरकार बनाउन सक्ने गणित नभएको पनि उनको भनाइ छ ।

मंगलबार बिहान फेसबुकमा कोइरालाले लेखेका छन्, ‘निर्वाचन भएको डेढ वर्षमै पटक-पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठीक हुन् ।’

‘वर्तमान प्रदेशसभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ,’ कोइरालाले लेखेका छन्, ‘मध्यावधि निर्वाचन आजको आवस्यकता र बाध्यता दुवै होइन। यसले संघीयताविरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऊँ।’

Logo