कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गरेका छन् ।

उनले पार्टीको विधान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहेकाे उक्त विभागमा आज सदस्य मनोनीत गरेका हुन् ।

विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Logo