सुशासन समितिले किन बाेलायाे गृहमन्त्री लामिछानेलाई ?

सुशासन समितिले किन बाेलायाे गृहमन्त्री लामिछानेलाई ?

केन्द्रबिन्दु
196
Shares

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।

बुधबार बिहान बस्ने समितिको बैठकमा गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड रुपैयाँ बढी रकम ठगी गरेको प्रकरणमा गृहमन्त्रीको नाम पनि मुछिएको छ । यसबारेमा पनि बैठकमा प्रश्न उठ्न सक्ने बताइएकाे छ । बचतकर्ताहरुले पनि समितिमा सहयोग माग्दै उजुरी दिइसकेका छन् । हालै सभापति खतिवडाले एक अन्तर्वार्तामा समितिमा पीडितहरुको पनि निवेदन परेकाले गृहमन्त्री लामिछानेमाथि छानविन गर्ने बताइसकेका छन् ।

Logo