महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस

केन्द्रबिन्दु
56
Shares

सरकारले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ ।

आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रायाको नाम सिफारिस गरेको हो। लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ। गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

Logo