‘न्यायपालिकामा भागबन्डाको आधारमा नियुक्ति गर्नु दुखद्’ -सांसद सिंह

‘न्यायपालिकामा भागबन्डाको आधारमा नियुक्ति गर्नु दुखद्’ -सांसद सिंह

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेकाे भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् रहेको बताएका हुन् । उनले भने, ‘न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको छ । भागबन्डामा नियुक्ति हुनु एउटा कुरा हो तर भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा हो । यसले न्यायपालिको छविलाई माथि पु-याउँदैन । र देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’

उनले वर्षौदेखि भ्रष्टाचारको मुद्दा,देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाए । उनले भने,‘वर्षौ देखि भ्रष्टाचारको मुद्दा हुन्छ । देशको राजस्वसँग जोडिएको विषय हुन्छ । त्यसलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिने । त्यसमा राजनीतिक प्रभाव छ । विगतमा पनि न्यायापालिका बद्नाम थियो अहिले पनि यस्तै रह्यो भने देशमा विश्वासको खडेरी परिरहेको छ ।’

Logo