काठमाडौंमा पानी वितरण सहज बनाउन सांसद पराजुलीकाे माग

काठमाडौंमा पानी वितरण सहज बनाउन सांसद पराजुलीकाे माग

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभामा सांसद पराजुलीले लापरवाही र कमजोरीको अध्ययन गरी खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘झन्डै ३५ अर्ब खर्च भईसकेको मेलम्ची खानेपानी परियोजनाको केयूकेल अन्तरगत आयोजना कार्यान्वयन निर्देशनालयले चक्रपथभित्र ८० प्रतिशत खानेपानी वितरणको काम सम्पन्न गरि वितरण गरेको भनेपछि कुनै पनि स्थानमा पानी वितरण हुन सकेको छैन । यो कसको लापरवाही र कमजोरी हो, यसको अध्यन गरि खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था गर्नुपर्छ ।’

उनले स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक संविधानमा नै राखिए पनि काठमाडौंको जनताको घरको धारामा कालो ढल आउने भन्दै यसको व्यवस्था छिटो गर्न आग्रह गरेका छन् ।

सांसद पराजुलीले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो । तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होईन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउछ । शहरभित्रका नागरिक ढलको पानी धारामा पठाईलिए वापत केयूकेललाई बढि पैसा तिर्न बाध्य छन् ।’

Logo