बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एसले विश्वासको मत दिने

केन्द्रबिन्दु
42
Shares

नेकपा एकिकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

बालुवाटारमा भएको शीर्ष बैठकमा आलोपालो मुख्यमन्त्री पाउने भएपछि नेकपा एसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने भएको हो ।

बागमतीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले समय सकिन तीन दिन अगावै (२२ चैत भित्र) आज विश्वासको मत लिने तयारी गरेका हुन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि जम्कट्टेलको ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ । ३ सांसद रहेको नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको । कांग्रेसका ३७ र राप्रपाका १३ जना सांसद विपक्षमा छन् ।

Logo